शुक्रबार, १४ वैशाख २०८१

उपत्यकामा निषेधाज्ञा १५ दिन थप

समयपोष्ट २०७८ वैशाख २८ गते १४:१६

Advertisement

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप हुँने भएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा उपत्यकामा दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।

बैठकले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय समेत गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर विवाह गर्न पाउँछन् ।

राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरिएको छ । सहायक प्रजिअ बस्नेतले भने–‘निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ । कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकालेका छन् ।

किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ । सरकारी कार्यालयमा आन्तरिक कामका लागी थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री