
नेकपा एमालेको माधव कुमार नेपाल समुहको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सोमबारको बैठकमा नेपाल समुहका २१ सांसद सहभागी छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।
सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । नेपाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो । तर, ओलीले कुनै रेस्पोन्स नगरेपछि नेपालसमूह थप कदम चाल्ने तयारीमा छ ।









प्रतिक्रिया