
कोरोना भाइरसको संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिवको निधन भएको छ ।
कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको हो । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएका थिए ।
खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ ।









प्रतिक्रिया