बिहीबार, १३ वैशाख २०८१

राष्ट्रियसभा उपनिर्वाचनका लागि एमालेले टुंगायो उम्मेदवार

समयपोष्ट २०७८ वैशाख २४ गते १२:१४

Advertisement

नेकपा एमालेले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगाएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले नेता सुवास नेम्वाङका अनुसार रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भएको र थापा उम्मेदवारी दिन हिडिसकेका छन् । नेता नेम्वाङले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको बताए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन जेठ ६ गते हुँदैछ । विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री