
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेको भोलिपल्टै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।
नेता नेपाल बिहीबार सभापति देउवालाई भेट्न उनकै निजी निवास पुगेका हुन् । बुधबार मात्रै प्रधानमन्त्री ओली अर्थ,गृह र उपप्रधानमन्त्रीसहित अन्य नेताको टोली लिएर बुढानिलकण्ठ पुगेका थिए ।
ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन् । ओलीले देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।









प्रतिक्रिया