शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोना संक्रमण

समयपोष्ट २०७८ वैशाख २३ गते १२:५१

Advertisement

प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

सांसद लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

१ सय २८ जनाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री