कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन

कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उहाँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

Advertisement

यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिनुभयो ।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुभएको थियो । इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उहाँले कास्य पदक प्राप्त गर्नुभएको थियो । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आउनुभएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री