शुक्रबार, १४ वैशाख २०८१

कारको सिसा खोल्न नजान्दा मृत्यु

समयपोष्ट २०७८ वैशाख १९ गते १२:४५

Advertisement

प्रहरीले शनिबार कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रारम्भिक निस्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार पार्किङमा रहेको कारको एक ढोका खुला रहेको र तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट पास नुहँदा उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ । ति बालकको खल्तीमा प्रहरीले तास समेत फेला पारेको छ ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक जे ०१६६०८८५ नम्बरको भारतीय नम्बर प्लेटको निशान कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री