अबदेखि नियम पालनामा थप कडाइ

सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली तथा विदेशी नागरिकलाई अबदेखि कानुनअनुसार कारबाही गर्ने भएको छ । विदेशी नागरिकले होटेल क्वारेन्टिनको नियम पालना नगरे जरिमानासहित तत्काल डिपोर्ट प्रक्रिया अघि बढाइने भएको छ ।

Advertisement

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई पनि कानुनबमोजिम जरिमाना गर्ने निर्णय गरेको छ । सरकारले होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापर्बाही गरेमा होटल सञ्चालकलाई समेत कारबाही गर्ने भएको छ ।

काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गरिने भएको छ भने अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकाय सम्मलिन संयन्त्र निर्माण गरी अनुगमन गरिने भएको छ ।अबदेखि सरकारले होम क्वारेन्टिनमा बसेकालाई पनि निगरानी गर्ने भएको छ । सीसीएमसी बैठकले होम क्वारेन्टिनमा बसेकाको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस नयाँ प्रजातिको संक्रमण तीव्र रूपमा फैलिएसँगै स्वास्थ्य मापदण्ड तथा सरकारी आदेशको कार्यान्वयनमा कडाइको नीति लिएको हो ।

सरकारको नयाँ निर्णयसँगै अब सञ्चारकर्मीलाई समेत आवतजावतमा असहज पर्ने देखिएको छ । सीसीएमसीको निर्णयअनुसार काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट प्रदान गरिएको प्रेस पास र अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासका आधारमा मात्र आवतजावत गर्न पाइने भएको छ ।

Advertisement

सरकारले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने भएको छ । सीसीएमीले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरका बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने र त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने निर्णय गरेको हो ।आजको राजधानी दैनिकमा प्रकाशित यो समाचार टेनिस रोकाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री