बिहीबार, १३ वैशाख २०८१

किन बारम्बार शारिरिक सम्पर्क राख्न लालायित हुन्छौं  ?

समयपोष्ट २०७७ जेठ १२ गते ११:१२

Advertisement

शारिरिक सम्पर्क प्रतिक्रिया चक्रलाई केलाएर हेर्‍यौं भने त्यसमा प्राप्त हुने सुखलाई स्वर्गीय सुख भनिन्छ, त्यसैले यसलाई चरमसुख नै नाम दिइएको छ ।

भनिन्छ, यो मानवले प्राप्त गर्ने सुखहरूमध्ये सबैभन्दा उत्तम सुख हो । त्यसैले यो स्वाभाविक हो कि कुनै पनि व्यक्ति यस्तो सुख प्राप्त गर्न लालायित हुन्छन् । उसले सो सुख पुन: प्राप्त गरेमा उसले सो सुख फेरि पनि प्राप्त गर्ने प्रयास गर्छ र यसले निरन्तरता पाउँछ ।

यो कसरी सञ्चालित हुन्छ त भन्ने सन्दर्भमा पनि एकपल्ट नियालेर हेरौं । यस्ता प्रक्रियालाई सञ्चालन गर्ने पुरस्कार प्रणाली (Reward system) भनिन्छ । यो प्रणालीले हामीलाई सुख वा आनन्द दिने कुरा तिर निरन्तर आकर्षित गर्छ त्यो खाना, नशालु वस्तुको प्रयोग होस् वा शारिरिक सम्पर्क  । त्यसैगरी दु:ख वा पीडादायक कुराबाट टाढा बस्न लगाउाछ । यस क्रममा हाम्रो मस्तिष्कको विभिन्न भागबाट हुने कार्यको संयोजनको कार्य भने Qmriatum भन्ने भागले गर्छ ।

यो प्रक्रियामा  Dopamine भनिने Neuro (Transmitter)  को महत्वपूर्ण भूमिका हुन्छ । कुनै आनन्ददायी क्रियाकलापभन्दा पहिले जति बढी मात्रामा Dopamine मस्तिष्कमा निस्कन्छ त्यति नै बढी आनन्द प्राप्त गर्ने सम्भावना हुन्छ ।

यसको केही मात्रामा अनुभव भए पछि, मस्तिष्कमा स्मृति ( Memory) बन्दछ र यही स्मृतिको आधारमा हामीले केही निश्चित क्रियाकलाप आनन्ददायी हुने अपेक्षा गर्छाैं । हामीले प्राप्त गर्ने आनन्द हाम्रो शरीरमा प्राकृतिक रूपमा नै हुने यउष्यष्मक को कारणले प्राप्त हुन्छ । Dopamine निस्किए पछि Opioids निस्कन्छन् ।

अब त पक्कै नै बुझ्नु भयो होला कि किन एकपल्ट शारिरिक सम्पर्क गरे पछ फेरि–फेरि गर्न मन लाग्छ । गहिरिएर हेर्ने हो भने मस्तिष्कको यस्तो पुरस्कार प्रणाली मानवलगायत सबै जसो नै प्राणीमा हुनुले उक्त प्राणीको वंशजलाई निरन्तरता दिन प्रकृति ले नै दिएको वरदान हो भन्न सक्छौं । साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री