शुक्रबार, ७ वैशाख २०८१

म करिब डेढ हप्तादेखि औषधी सेवन गरिरहेको छु : ट्रम्प

समयपोष्ट २०७७ जेठ ६ गते ७:१९

Advertisement

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् ।

सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।’

मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए । यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ । यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री