शुक्रबार, ४ जेठ २०८१

पोखराका रबिनकुमार महिन्द्रा ‘बन्डल अफर’को पहिलो विजेता घोषित

समयपोष्ट २०७६ वैशाख १७ गते १८:५२

Advertisement

अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्कले नयाँ वर्षमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत पहिलो बम्पर विजेता घोषित गरेको छ ।

पोखरा न्यूरोडका रबिनकुमार विक पहिलो बम्पर विजेता घोषित भएका छन् । कुपन नं १२२७ का विकले बम्बर उपहार अन्तर्गत होम अप्लायन्सहरु प्राप्त गरेको कम्पनीको भनाइ छ।

यस योजनामा पहिलो विजेता बन्न सफल रबिन कुमार विकलाई उपहार प्रदान गरिएको छ । हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिन्छ।

कम्पनीका अनुसार योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिन्छ ।

Advertisement

साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्युनतम १० हजार देखि १ लाख रुपैयाँ सम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्नेछन्।

यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेट पनि निःशुल्क प्रदान गरिने कम्पनीको भनाइ छ।

यो योजना महिन्द्राका टूह्वीलरको खरिदमा नेपालभर सञ्चालित भई रहेको छ । लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज https://www.facebook.com/MTWLNepal/ मार्फत प्रत्यक्ष प्रसारण गरिंदै आएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री