मंगलबार, ८ जेठ २०८१

नेपालमा टाटाको ‘नेक्सन’१हजार भन्दा बढी बिक्री,कम्पनीले मनायो उत्सव

समयपोष्ट २०७६ वैशाख १५ गते १२:३३

Advertisement

नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी अटो ट्रेडिङले नेपाली बजारमा एक वर्षमा ‘नेक्सन’ १ हजार भन्दा बढी बिक्री भएको खुसीयालीमा उत्सव मनाएको छ।

सिप्रदीले आफ्ना ग्राहकहरुलाई बोलाएर अनुभव आदान प्रदान गर्नुको साथै मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा सिप्रदीले सिटी सेन्टरमा रहेको विग मुभिजमा सिप्रदीले आफ्ना ग्राहकहरुलाई फिल्म समेत देखाएको थियो ।

टाटा नेक्सनमा डिजाइनहरु निकै आकर्षक छन् । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसमा नयाँ आयाम ल्याएको कम्पनीको दाबी छ।

उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।

Advertisement

फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका विशेषताले गाडी किन्न ग्राहकलाई लोभ्याउने कम्पनीको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री