शुक्रबार, ४ जेठ २०८१

टिभीएस मोटरसाइकल तथा स्कूटरको डिलर मिट सम्पन्न

समयपोष्ट २०७६ वैशाख १३ गते १०:०७

Advertisement

नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरका डिलरहरुको भेला सम्पन्न गरेको छ। वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवाको टाइगर रिसोर्टमा आयोजना गरिएको भेलामा देशभरका ९८ टिभीएस डिलरहरुको सहभागीता रहेको थियो ।

‘१ घर १ टिभीएस’को नारालाई सार्थक पार्न ग्राहकहरुलाई स्थानीय रुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्र गर्न डिलर संवेदनशील भएर अघि बढाउनु भेलाको मुख्य उद्येश्य रहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालको भनाइ छ।

गत वर्ष टिभीएसको बाइक तथा स्कुटरको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको कम्पनीको दाबी छ। नेपाल सरकारको विभिन्न निकायका साथै एनजिओ, आइएनजिओ, तथा प्राइभेट सेक्टरमा अत्यधिक माग हुँदै आएको टिभीएस बाइक तथा स्कुटरहरु सबै उमेर समूह र सडकहरुको लागि उपयुक्त भएको समेत कम्पनीको दाबी छ।

Advertisement

१०० सिसी देखि ३१० सिसी सम्मका विभिन्न टिभीएस मोटरसाइकल तथा स्कुटरहरु नेपालमा उपलब्ध छन् । यी मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीका साथसाथै स्पट एक्स्चेन्ज सुविधा, १ घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री