गणपति माइक्रोफाइनान्सको आईपिओ खुल्यो
समयपोष्ट
२०७६ वैशाख ९ गते ९:२६
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आजबाट साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले बैशाख ९ गते सोमबारदेखि बैशाख १२ गतेसम्म सर्वसाधारणमा ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।
आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ ।
प्रतिक्रिया