ह्वात्तै बढ्यो नेप्से, १ अर्बको कारोबार
समयपोष्ट
२०७६ वैशाख ८ गते १५:२०
सेयर बजार बढेको छ । आज नेप्से परिसुचक ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा पुगेको छ । आज १ सय ७१ कम्पनीका ३३ लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज दुई समुह उपसुचक घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ४५.९४, होटल ३४.८,विकास बैंक १६.९७,जलविद्युत ८.८७,फाइनान्स २.१३,अन्य ९.७ ,लघुवित्त २६.९१ र जीवन बीमा समुह २२.२५ अंकले बढेका छन् । आज र्निजिवन बीमा समुह ७.२२ र उत्पादनमुलक समुह ११.९२ अंकले घटेका छन् ।
प्रतिक्रिया