शनिबार, १० साउन २०८२

कुमारी बैंकको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ वैशाख ८ गते १२:३८

नेपाल स्टक एक्सचेञ्जमा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार २१.२५ प्रतिशत बोनस समायोजन पश्चात बैंकको प्रतिकित्ता २२१ रुपैयाँ ८६ पैसामा शेयरमूल्य समायोजन भएको हो । यसै मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधारमूल्य २६२ रुपैयाँ ९३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री