मंगलबार, ४ वैशाख २०८१

विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय गर्न आवश्यक

समयपोष्ट २०७६ वैशाख ६ गते १७:४८


देश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढे मात्र विकासका कामले तिव्रता पाउने धारणा व्यक्त गरेका छन् । नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममा उनले विकासका काममा तीनै तहका सरकारबीच समन्वयको खाँचो छ भने ।

Advertisement

उनले भने, “हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै ढङ्गले काम गरिरहेका छन् ।” सरकारबीचको समन्वयसँगै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।

अर्काे एक प्रसङ्गमा उनले प्रदेशको राजधानी किमार्थ काठमाडौँं लैजान नसकिने बताए । विकेन्द्रीकृत शासन व्यवस्था हुनुपर्ने भन्दै उनले जहाँ विकास भएको छैन त्यहाँ बढी जोड दिनुपर्ने बताए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले नेपालको अन्धोपन निवारण गर्न नेपाली सक्षम छन् भनेर देखाउन सङ्घ सफल भएको दावी गरे । उनले सङ्घलाई अनुदान होइन, काम दिन आग्रह गरे । उनले भने, “सरकारले अनुदान दिए हामी अल्छी हुन्छौं । काम र पारिश्रमिक दिन अनुरोध गर्छु ।” सङ्घको प्रदेश नं ३ का संयोजक चिजकुमार मास्केले आँखा उपचारको विस्तारका लागि प्रादेशिक रुपमा सङ्घ लागिपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री