आइतबार, ६ जेठ २०८१

अब टिभीएसका बाईक र स्कुटर अनलाइनबाटै खरीद गर्न सकिने, दराजबाट किन्दा १० हजार छुट

समयपोष्ट २०७६ वैशाख ४ गते १८:०७

Advertisement

अब दराज अनलाईनबाट टिभीएसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने भएको छ।

जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ्बीच सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमाडौंका ग्राहकले दराजबाट कुनै पनि टिभीएसका बाईक वा स्कुटर किन्दा १० हजार रुपैयाँको छुट पाउने छन ।

सिमित अबधिको लागि दिईएको छुट योजना पहिलो १०० जनाका लागि मात्र लागू हुने जनाइएको छ। अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएकोले नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुने कम्पनीको भनाइ छ।

Advertisement

जगदम्बा मोटर्स, दुई तथा तीन पाङग्रे सवारीको उत्पादक टिभीएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार गर्ने दराज ग्रुप, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री