शुक्रबार, १४ वैशाख २०८१

आजबाट ५ लाखभन्दा बढीको सेयर किनबेच गर्दा प्यान अनिवार्य

समयपोष्ट २०७६ वैशाख २ गते १३:३५

Advertisement

नेपाल धितोपत्र बोर्डले आजबाट दोस्रो बजारमा सेयर किनबेच गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

बोर्डले सोमबारबाट एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गरेको हो । बोर्डका अनुसार दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गर्दा मात्र प्यान अनिवार्य गरिएको हो ।

५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ । गत चैत १० गते आइतबारदेखि शेयर कारोबारमा स्वेच्छिक रूपमा प्यान लागू गरिएको थियो ।

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसारस्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री