एन आई सी एशिया र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
समयपोष्ट
२०७५ चैत १९ गते ११:३८
एन आई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
यस सम्झौतासंगै एन आई सी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
हाल बैंकले २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया