मार्जिन कारोबारका लागि योग्य यी हुन् ३१ कम्पनी
नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि योग्य ३१ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सूचीमा सबैभन्दा बढी बाणिज्य बैंक परेका छन ।
११ वटा बैंकको सेयर मार्जिन कारोबारका लागि योग्य ठहरिएको छ । त्यसपछि भने ९ वटा लघुवित्त कम्पनी, ६ वटा विकास बैंक, ३ वटा जलविद्युत, एउटा होटल र नेपाल टेलिकम परेको छ ।
जीवन बिमा, नीर्जिवन बिमा समुहअन्र्तगतका कुनै पनि कम्पनी परेका छैनन । पुस महिनाभित्र साधारणसभा गरी दुई वर्षमा कम्तीमा १० प्रतिशत लाभांश दिएको कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य ठहरिने व्यवस्था अनुरुप यी कम्पनीहरु योग्य ठहरिएका हुन् ।
सबैभन्दा बढी बजार पुँजीकरण भएको नबिल बैंक, नेपाल लाइफ इन्सुरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एनएमबी बैंक लगायतको सेयर मार्जिन कारोबारका लागि अयोग्य ठहरिएको नेप्सेले सार्वजनिक गरेको सुचिमा उनीहरुको नाम नपर्नुले पुष्टि गर्छ ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ अनुसार कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापुँजी भन्दा कम नभएको, पछिले दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वित्तरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा कारोबार भएको, आर्थिक वर्षको ६ महिनाभित्रैमा वार्षिक साधारणसभा गरेको कम्पनीको मार्जिन कारोबारयोग्य धितोपत्रको सुचि तयार गर्नुपर्ने व्यवस्था छ ।
धितोपत्र खरीद गर्न आफुले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबार सम्बन्धि सुविधा भनेर बुझ्न सकिन्छ ।
प्रतिक्रिया