शनिबार, १५ वैशाख २०८१

प्रभू बैंकले पुर्यायो १ अर्ब ४४ करोड रुपैयाँ मुनाफा

समयपोष्ट २०७४ वैशाख १४ गते ६:०६

प्रभू बैंकले चैत मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ मुनाफा गरेको छ ।  बैंकले अघिल्लो बर्ष यसै अवधिमा ७५ करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको थियो । 

Advertisement

बैंकको चैत मसान्तसम्म खुद ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो बर्षको यसै अवधिसम्म यस्तो आम्दानी १ अर्ब २२ करोड रुपैयाँ थियो ।

ऋण लगानी ५९ अर्ब ५९ करोड रुपैयाँ गरेको बैंकसंग सर्बसाधारणको निक्षेप ७१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा अनुपात ४.३२ प्रतिशत रहेको छ ।

बैकको पूँजी कोष अनुपात ११.०६ प्रतिशत रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री