बुधबार, १२ वैशाख २०८१

यस्ता छन् म्यादी प्रहरीको सेवा सुविधा

समयपोष्ट २०७४ वैशाख ७ गते ८:५१

सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय गरेको छ । पोशाक भत्ताको रुपमा थप उनीहरुले ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ । 

Advertisement

यसको साथै निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रति म्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय  मन्त्रिपरिषद बैठकले गरेको छ ।  निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री