बुधबार, १२ वैशाख २०८१

राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित,राप्रपाको आन्दोलन फिर्ता

समयपोष्ट २०७४ वैशाख ७ गते ८:२७

 निर्वाचन आयोगले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । आयोगको निर्णय पछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको हो ।  

Advertisement

आयोगको निर्णयपछि राप्रपाले संघर्षका कार्यक्रमहरु फिर्ता लिएको बताएको छ । राप्रपाले अब आफुहरु चुनावमा केन्द्रित हुँने जानकारी दिएको छ । 

चुनाव सकिएपछि फेरि यो विषयलाई अगाडि बढाइने राप्रपाले जनाएको छ ।

राप्रपाले सत्तापक्षमा रहेर राप्रपाले निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेको भन्दै आयोगले जनाएको आपत्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो पार्टी सविधान, कानून र निर्वाचन आचार संहिताप्रति प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत राप्रपाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री