शुक्रबार, १६ चैत २०८०

अरुण काबेलीको शेयर कारोबार रोकियो

समयपोष्ट २०७४ वैशाख ६ गते ७:५२

नेपाल स्टक एक्सचेन्जले अरुण काबेली पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले साधारण शेयर बिक्री गर्दा एकै व्यक्तिको नाममा दोहोरो शेयर जारी भएको पाएपछि कारोबार रोक्का गरिएको हो ।

Advertisement

दुई साता अघि मात्र कम्पनी नेप्सेमा सूचिकृत भएको थियो ।  कम्पनीको अनुरोध बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नेप्सेलाई कारोबार रोक्का गर्न पत्राचार गरेको नेप्सेले जनाएको छ ।  नेप्सेमा कम्पनीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता शेयर सुचिकृत छन् ।

कम्पनीले एकै जनाको नाममा दोहोरो शेयर परेको दावी गरे पनि लगानीकर्ताले भने सबै शेयर डिम्याट खातामा नपठाई कारोबार सुरु गरको भन्दै आपत्ति जनाएका थिए । कम्पनीको शेयर गत आइतबार देखि कारोबार सुरु भएको हो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री