शुक्रबार, ७ वैशाख २०८१

३ वर्षको एकमुष्ठ बोनस दिदै राष्ट्रिय बिमा कम्पनी

समयपोष्ट २०७४ वैशाख ५ गते ७:०४

राष्ट्रिय बिमा कम्पनीले ३ वर्षको एकमुष्ठ बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको क्रमशः ३७, ५१ र २७ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले २०६०/६१ देखि २०६२/६३ मा नाफा आर्जन गरेपछि  बैशाख ७ गतेसम्म सेयर स्वामित्व हुने लगानीकर्तालाई सेयर दिन लागेको हो  । 

Advertisement

लगानीकर्ताले कुल १ सय १५ प्रतिशत बोनस सेयर पाउने भएका छन्  । बैशाख ८ गते बुक क्लोजको मिती तय गरेको कम्पनीले २२ गते बार्षिक साधारण सभा बोलाएको छ ।  बजारमा कम्पनीको सेयर १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री