बिहीबार, १३ वैशाख २०८१

राधी विद्युतको ४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन,न्यूनतम ५० कित्तासम्म आवेदन दिन पाइने

समयपोष्ट २०७४ वैशाख ४ गते ११:४४

राधी विद्युत कम्पनी लिमिटेडले ४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका चार करोड दश लाख रुपैयाँ बराबरको सेयर सोमबारदेखि आयोजना प्रभावित लमजुङबासीका लागि  निष्काशन गरेको हो । 

Advertisement

देशभरका सर्बसाधारणका लागि भने कम्पनीले  छ लाख १५ हजार कित्ता सेयर छुट्याएको छ । सर्बसाधारणका लागि छुट्याएको सेयर लमजुङबासीका लागि बितरणपछि सर्बसाधारणको लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्ट रहेको छ । सेयरमा छिटोमा वैशाख १९ गते तथा ढिलोमा जेठ २ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक नबिल इन्भेष्टले जनाएको छ । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि चार हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । 

कम्पनीले कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयरमा अहिले आवेदन खुला गरिएको हो । 

अहिले निश्काशन भएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशत बराबर हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाबिसका लागि एक लाख ६४ हजार कित्ता सेयर निष्काशन खुला गरिएको हो ।

कम्पनीको सेयरमा लगानीकर्ताले नबिल बैंक लि ,ओम डिभलप्मेण्ट बैंक लि ,कैलाश बिकास बैंक लि लमजुङ र राधी हाईड्रो पावर,पावर स्टेसनबाट आवेदन दिन सक्नेछन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री