बिहीबार, १३ वैशाख २०८१

राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै

समयपोष्ट २०७४ वैशाख ४ गते ४:४१

राष्ट्रपति विद्या भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा आज भारत भ्रमणमा जाँदै छिन् । राष्ट्रपतिका रुपमा भण्डारीको भारत पहिलो विदेश भ्रमण हो । 

Advertisement

भ्रमणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव सहित ३४ सदस्यीय टोली भारत जाँदै छ । भ्रमणका क्रममा राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जी, उप- राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने तय भएको  छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन् ।

राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले आज र शुक्रबारका दिन सार्वजनिक विदा दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री