शुक्रबार, १६ चैत २०८०

यति ब्रुअरीले दुई नयाँ वियर नेपाली बजार भित्रायो

समयपोष्ट २०७३ चैत २८ गते ७:१७

यति ब्रुअरीले अर्ना लाइट र अर्ना स्ट्रङ्ग वियर नेपाली बजारमा ल्याएको छ । यतिको नयाँ उत्पादन

Advertisement

अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका  प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पबहरुमा सर्वत्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी भएको बियर हो जुन “हाइ अन फन, लो अन क्यालोरी भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ ।

 सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको छ ।

स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५% सम्म बढि समयको लागि “ब्रिउ” गरिएको कम्पनीले जनाएको छ ।

अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो र यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री