बुधबार, १२ वैशाख २०८१

नयाँ वर्ष अफर ,सामसुङले पुराना स्मार्टफोनको मुल्य घटायो

समयपोष्ट २०७३ चैत २२ गते ५:२७

सामसुङले नयाँ वर्ष  योजना सार्वजनिक गरेको छ । योजना अन्र्तगत सामसुङका विभिन्न स्मार्टफोनहरुमा क्यास ब्याक तथा अन्य अफरहरुसंगै पुराना फोनका मुल्य पनि घटाईएको छ ।  

Advertisement

नेपालका लागि सामसुङको आधिकारिक विक्रेता आइएमएस र हिम इलेक्ट्रोनिक्सका अनुसार  ग्यालेक्सी ‘एस सेभेन एज’ को पुरानो मूल्य ८८ हजार ९ सय रुपैंयाँलाई घटाएर ७६ हजार ९ सय निर्धारण गरिएको छ । जसमा उपभोक्ताले ८ हजार छुट सहित ६८ हजार ९ सयमा किन्न सक्ने छन् । 

त्यस्तै, ‘एस सेभेन एज’  को नयाँ मूल्य ७७ हजार ९ सयबाट ६५ हजार ९ सय निर्धारण गरिएको छ । जसमा उपभोक्ताले ८ हजार छुटसहित ५७ हजार ९ सयमा किन्न सक्ने छन्।

सामसुङले ‘ए सेभेन’ र ‘ए फाइभ’ को मूल्यमा पनि फेरबदल गरेको छ जस अनुसार नयाँ दरमा ‘ए सेभेन’ ३९ हजार ९ सय (पुरानो ४५,९००) र ‘ए फाइभ’ को ३२ हजार ९ सय (पुरानो ३७, ९००) रुपैंयाँ पर्नेछ।

ग्यालेक्सी ‘सि नायन’को मूल्य ५९ हजार ९ सय ९० तथा ‘ए सभेन (२०१७)’ मूल्य ५४ हजार ९ सयको खरिद गर्दा १०,४०० एमएएच एंकर पावर ब्याँङ्क र ३२ जीबीको मेमोरी कार्ड उपहार पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री