सोमबार, १० कार्तिक २०८२

ऊर्जामन्त्री खड्का र भारतीय विद्युत्‌मन्त्री खट्टरद्धारा अरुण तेस्रोको निरीक्षण

समयपोष्ट २०८२ वैशाख ९ गते १६:१६

Advertisement

ऊर्जामन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

मंगलबार ड्याम साइट पुगेका मन्त्रीद्वयले आयोजनाको भौतिक प्रगति, सुरुङ मार्ग र कार्य प्रगतिका बारेमा विस्तृत जानकारी लिए। उनीहरूले चिचिलामा निर्माणाधीन पावर हाउसको समेत अवलोकन गरे।

निरीक्षणका क्रममा मन्त्रीद्वयले आयोजनाको प्रगति समीक्षा गर्दै निर्माणमा देखिएका अवरोधहरूको समाधानका उपायबारे छलफल गरे। साथै, पावर हाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक शुभारम्भ समेत गरे ।

एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

Advertisement

यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा आज हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

दुईदिने भ्रमणका क्रममा आज नेपाल आउका मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री