सोमबार, ३० असार २०८२

लिमठाना–अर्चले–भँगरा सडक कालोपत्र गरिँदै

समयपोष्ट २०८२ वैशाख ५ गते ११:०१

Advertisement

पर्वतको लिमिठाना–अर्चले–भँगरा सडक रु चार करोड ६२ लाखको लागतमा कालोपत्र गर्न थालिएको छ ।

गत सोमबारदेखि प्रारम्भ भएको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका–७ का अध्यक्ष केशर पन्तले राससलाई जानकारी दिनुभयो । यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडाका साथै राष्ट्रिय राजमार्गसँग जोड्ने छ । पहिलो चरणमा एक किलोमिटर कालोपत्र हुने उहँले बताउनुभयो ।

यो सडकखण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्र भइसकेको छ । पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिनै पाँच किलोमिटर सडक कालोपत्र भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री