मंगलबार, ३१ असार २०८२

शेयर बजारमा गिरावट

समयपोष्ट २०८१ चैत २५ गते १५:३७

Advertisement

नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ।

आज ३२१ स्टकको ५३ हजार ४९२ पटकको कारोबारमा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५९ करोड १४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको साढे ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री