रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको छ।

Advertisement

उक्त इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी संस्था घोटाला तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको अभियोग लागेको छ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई पनि उच्च अदालतले सदर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री