
नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता “सार्थक र सकारात्मक” भएको बताएका छन्।
शुक्रबार बैंककमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनको अवसरमा दुई प्रधानमन्त्रीबीच वान-टु-वान स्वरूपमा संवाद भएको थियो। रिमालले सामाजिक सञ्जालमार्फत उक्त भेटलाई “आत्मीय र सौहार्दपूर्ण” भएको जनाउँदै, प्रधानमन्त्री ओलीले यस भेटवार्ताप्रति गहिरो सन्तुष्टि व्यक्त गरेको जानकारी दिएका छन्।
उनले भनेका छन्, “प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीजीबीचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो।”
प्रधानमन्त्री मोदीले पनि भेटपश्चात सामाजिक सञ्जाल X मा नेपाली भाषामै लेख्दै भनेका छन्, “मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। बिमस्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ।”









प्रतिक्रिया