मंगलबार, ८ जेठ २०८१

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

समयपोष्ट २०८१ वैशाख २८ गते १५:१९

Advertisement

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो ।

दोस्रो चरणको लागि छनोट भएका छ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरूको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ ।

Advertisement

उनीहरूको स्वास्थ्य परीक्षण २०८१/०१/३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।

त्यस्तै २०८१/०२/५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री