आइतबार, २३ वैशाख २०८१

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

समयपोष्ट २०८१ वैशाख १३ गते १७:४०

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

संविधानको धारा १०६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएका हुन्।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए।

विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए।

Advertisement

एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ। चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबन्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन्।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्। विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका छन्।मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री