बुधबार, ९ जेठ २०८१

त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाल नियुक्त

समयपोष्ट २०८० चैत ३० गते १८:०९

Advertisement

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए। सोहि अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री