राष्ट्रियसभा सदस्यमा पूर्व राजदूत शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
समयपोष्ट
२०८० चैत ३० गते १५:४३
सरकारले राष्ट्रियसभाको सदस्य पदमा पूर्व राजदूत अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।
शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् ।
प्रतिक्रिया