मंगलबार, १८ वैशाख २०८१

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन

समयपोष्ट २०८० चैत २५ गते १६:३१

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रामाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान बहादुर गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् ।

यो नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ ।

यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिंग ग्राहकहरु को लागी पनि व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री