सोमबार, २४ वैशाख २०८१

आयुर्वेद उपचारमा आकर्षण

समयपोष्ट २०८० चैत २१ गते १६:१७

Advertisement

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालकिामा र बैजनाथ गाउँपालकिाको टटिहिरियिामा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको र पछिल्लो समय सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

हाल यहाँका खजुरा, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि तथा कर्मचारी खर्च प्रदेश सरकारबाट र आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले बेहोर्ने गरेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले आयुर्वेद उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । “सेवाग्राही बढ्दै जाँदा औषधिको सीमित बजेट पुग्ने अवस्थामा छैन” उहाँले भन्नुभयो ।

हाल यी केन्द्रबाट आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क पाइन्छ । उहाँ भन्नुहुन्छ, “औषधि खरिदको बजेटसमेत कटौती हुँदा निःशुल्क औषधि वर्षभरी पु¥याउन हम्मेहम्मे छ ।” वरिष्ठ कविराज रेग्मी आयुर्वेद औषधि कतिपय रोगमा निकै प्रभावकारी हुने गरेको उल्लेख गर्दै आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।

Advertisement

स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रमअन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिँदै आहारविहार, योग, ध्यान, खानपान सिकाउन आवश्यक भएको बताउनुभयो ।

१९ हजारले लिए सेवा
बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजारभन्दा बढीले पछिल्लो छ महिनामा सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले जिल्लामा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म १९ हजार दुई सय ३८ रहेको जानकारी दिनुभयो ।

केन्द्रका अनुसार साउनमा तीन हजार एक सय ७६, भदौमा तीन हजार २१, असोजमा तीन हजार छ सय ३१, कात्तिकमा दुई हजार छ सय, मङ्सिरमा तीन हजार एक सय एक, पुसमा तीन हजार सात सय नौले उपचार सेवा लिएका छन् । उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका १३ हजारभन्दा बढीले छ महिनामा उपचार लिएका छन् ।

यहाँ बाहिरी जिल्ला बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगुलगायतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री