बुधबार, १८ असार २०८२

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

समयपोष्ट २०८० चैत २१ गते ६:३६

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । मंगलवार बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताउनुभयो । प्रमुख सचेतक परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री