बुधबार, ३२ असार २०८२

राष्ट्र बैंकद्धारा हिमालयन बैंक सम्मानित

समयपोष्ट २०८० वैशाख १७ गते २०:५०

Advertisement

नेपाल राष्ट्र बैंकले ६८ औँ वार्षिक उत्सवको अवसरमा सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।

हिमालयन बैंकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैंकले संसार भर अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

Advertisement

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री