बुधबार, ७ साउन २०८२

प्राइम र एसबिआइ बैंक ९ महिनाको अवधिमा अर्बपति क्लवमा

समयपोष्ट २०७५ वैशाख ११ गते ७:४६

प्राइम कमर्सियल बैंक र नेपाल एसबिआइ बैंकले चालु आर्थिक बर्षको बित्तिय विवरण सार्वजनिक गरेको छ । प्राइम बैंकले चैतसम्ममा १ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनामा ४२ प्रतिशतले बढि हो । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। नौं महिनाको अवधिमा ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँबाट ८ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ। जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात पूँजी बढ्दा पनि १२.८२% बाट १२.५१% मा घटेको छ। खराब कर्जा १.०६ प्रतिशत छ। आधार ब्याजदर ७.८८ प्रतिशतबाट १२.८१ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी २० रुपैयाँ छ ।

यसैगरी नेपाल एसबिआइ बैंकले चैतसम्मा १ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको तुलनामा २४ प्रतिशतले नाफा बढाएको हो। बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ गरेको छ भने गत वर्षमा यस्तो आम्दानी २ अर्ब १९ करोड रुपैयाँ थियो।

बैंकको गत बर्षको भन्दा यस बर्ष निक्षेप संकलन घटेको छ। चैतसम्ममा ८३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। तर गत बर्षमा ८५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको नाफामा ब्याज आम्दानीले धेरै सपोर्ट गरेको देखिन्छ। बैंकको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँबाट ८ अर्ब ४ करोड रुपैयाँ नाघेको छ भने जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ छ।

बैंकको पूँजी कोष अनुपात १४.५१ प्रतिशत रहेको छ भने खराब कर्जा ०.१३ प्रतिशत पुगेको छ। बैंकको आधार ब्याजदर ८.२१ प्रतिशतबाट बढेर ९.८९ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी २२ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री