बिहीबार, ८ साउन २०८२

लक्ष्मी र सेञ्चुरी कमर्सियल बैंकको बित्तिय विवरण यस्तो आयो

समयपोष्ट २०७५ वैशाख ११ गते ७:००

लक्ष्मी र सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको चैतसम्मको बित्तिय विवरण सार्वजनिक गरेको छन् । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा ४१ प्रतिशतले नाफा बढाएर ८० करोड २६ लाख रुपैयाँ पुर्याएको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको चैतसम्मको निक्षेप संकलन ६३ अर्ब २६ करोड रुपैयाँ छ भने ऋण लगानी ५८ अर्ब ६९ करोड रुपैयाँ छ।

बैंकले चुक्ता पूँजी तीन अर्ब १५ करोड रुपैयाँबाट ८ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैयाँ छ। पूँजी कोष अनुपात ११.०४ प्रतिशतबाट १२.७९ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा १.१६ प्रतिशत छ भने आधार व्याजदर १०.१७ प्रतिशतबाट बढेर ११.३५ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँ छ।

यसैगरी सेञ्चुरी कमर्सियल बैंकले गत बर्षको तुलनामा १०२ प्रतिशतले नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएको छ। बैंककले चैतसम्ममा खुद ब्याज आम्दानी एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो चैतमा ३३ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस बर्षको चैतसम्ममा ५२ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने ऋण लगानी ५० अर्ब रुपैयाँ पुर्याएको छ।

गत बर्षको ३ अर्ब ६८ करोड रुपैयाँको चुक्ता पूँजी यस वर्ष ८ अर्ब ६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ। जगेडा कोषमा एक अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी बढाएसँगै पूँजी कोष अनुपात पनि १४.४९ प्रतिशतबाट बढेर १६.३६ प्रतिशत पुगेको छ। खराब कर्जा ०.७९ प्रतिशत छ। आधार व्याजदर १०.५५ प्रतिशतबाट १२.५१ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी १० रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री