शुक्रबार, ९ साउन २०८२

निःसहाय सहयोग परिषदलाई जनता बैंकको १ लाख सहयोग

समयपोष्ट २०७५ वैशाख १० गते ९:०३

जनता बैंकले निःसहाय सहयोग परिषद,धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिषदलाई १ लाख सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग रकमइ टहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरे । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा काम गर्दै आएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने कार्यक्रम बैंकको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री