महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी
समयपोष्ट
२०७९ चैत २० गते ११:४७

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।
सोमबार बिहान भएको उक्त आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन्।
आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको पूर्ण विवरण आउँन बाँकी छ ।
आगलागी नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



























प्रतिक्रिया