शुक्रबार, १४ वैशाख २०८१

बैंकर तारा मानन्धर मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओमा नियुक्त

समयपोष्ट २०७५ वैशाख ३ गते ८:०१

मुक्तिनाथ विकास बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा ताराप्रसाद मानन्धरलाई नियुक्त गरेको छ।

Advertisement

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरले प्रमुख कार्यकारीमा चयन भएपछि उनको ठाउँमा मानन्धरलाई ल्याइएको हो।

मानन्धरले आइतबारबाटै काम सुरु गरेका छन्। मानन्धर यसअघि प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। दुई साताअघि उनले प्रभु बैंक छाडेका थिए। मुक्तिनाथमा आउनका लागि उनले प्रभु छाडेका थिए। उनले प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म आइसक्दा पाँच बर्ष विताएका थिए।

प्रभु बैंकमा जानुअघि उनी बिजिनेस युनिभर्सल बैंकमा एक बर्ष नायव महाप्रबन्धकका रुपमा काम गरेका थिए। नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका उनले त्यसपछि एनसिसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए। उनको बैंकिङ क्षेत्रमा करिव १८ बर्षको अनुभव छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री