बिहीबार, १५ चैत २०८०

लक्ष्मी बैंकले ल्यायो क्यास क्याक अफर, यस्ता छन् विशेषता

समयपोष्ट २०७५ वैशाख ३ गते ७:५२

लक्ष्मी बैंकले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास क्याक अफर ल्याएको छ ।

Advertisement

नयाँ वर्ष २०७५ को शुभ अवसरमा ल्याएको सो अफर अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन/पीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको छ ।

यो व्यवस्था आज(आइतबार)देखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ ।

उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री